Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मनास्लु हिमालमा गएको हिम पहिरोमा परी एक जनाको ज्यान गयो , केहि घाइते - Brighter Khabar


आश्विन १० गते ,  गोरखाको मनास्लु हिमालमा गएको हिम पहिरोमा घाइते एक जनाको मृत्यु भएको छ ।

हिम पहिरोमा घाइते भएका चार जनामध्ये दुई जनाको उद्दार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । थप दुई जनाको उद्दारका लागि हेलिकप्टर बेसक्याम्पमै तयारी अवस्थामा रहेको पर्यटन विभागका लियाजन अफिसर यशोदा अर्यालले जानकारी दिनुभयो ।

बेसक्याम्पबाट उद्दार गरेर सामागाउँ ल्याउन सिम्रिक एयर र त्यहाँबाट काठमाडौं ल्याउन कैलाश एयरको हेलिकप्टर प्रयोग गरिएको छ ।

८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको ३ नम्बर र ४ नम्वर बेसक्याम्पको बीचमा सोमबार बिहान साढे ११ बजेतिर हिमपहिरो गएको थियो । क्षेत्र करिव ६ हजार ८ सय मिटरको उचाइमा रहेको बताइन्छ ।

माथिल्लो बेसक्याम्पका लागि सामान ओसार्दै गरेका १३ जना हिमपहिरोमा परेका थिए ।

अर्यालका अनुसार मनास्लु क्षेत्रको मौसम खराव छ । खराव मौसका कारण उद्दारमा कठीनाइ भएको उहाँको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom