Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्रकमुनि छिरेर खेल्दै गरेका बालकको ट्रकले किच्दा ज्यान गयो - Brighter Khabar


आश्विन ८, मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नंको ट्रकमुनि खेल्दै छिरेका एक १७ महिनाको बालकको सोही ट्रकले किच्दा मृत्यु भएको छ ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको १७ महिनाको छोरा सलिन श्रेष्ठ खेल्दै गाडीमुनि छिरेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर गम्भीर घाइते भई उपचारका लागि समिट अस्पताल लोकन्थली लगेपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका–३ घर भई हाल काठमाडौँ मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्तथिमिले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ  ।


यो पनि  :

हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर मृत्यु भएको छ । अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो । पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom