Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कपाल काट्ने तालिम संचालन गर्दै पोखरा १५ - Brighter Khabar

सांकेतिक तस्विर 


पोखरा, भाद्र २३ गते । पोखरा महानगरपालिका वडा नं १५ ले कपाल काटने तालिम संचालन गर्ने भएको छ । 

वडाले बेरोजगार युबायुबतीहरुका लागि स्वरोजगार बनाउन कपाल काटने तालिम संचालन गर्न लागेको पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ बताउनुभयो ।

तालिमका लागि  सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निवेदन पेश गर्नुपर्ने वडाले जनाएको छ । वडाद्वारा जारी सूचना अनुसार तालिमका लागि  १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । 

त्यस्तै  तालिम पश्चात स्वरोजगार भई वडा भित्रै  ब्यवसाय संचालन गर्न प्रतिबद्ध भएको हुनु पर्ने समेत वडाले जनाएको छ । साधारण लेखपढ गर्न सक्नेले पनि आवेदन दिन सक्नेछन ।

सूचनामा भनिएको छ : 

'प्रस्तुत बिषयमा यस पोखरा महानगरपालिका वार्ड नं १५ को चालु आ.व को बार्षिक कार्यक्रम अनुसार यस वडाका स्थायी बसोबासी बेरोजगार युबायुबतीहरुका लागि स्वरोजगार बनाउन कपाल काटने तालिम संचालन हुन गईरहेको हुँदा सो तालिममा सहभागि हुन ईच्छुक युबायुबतीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र पोखरा महानरपालिका १५ नं वडा कार्यालय कोलपाटनमा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ ।

चाहिने कागजात तथा शर्तहरु १) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र २ प्रति फोटो

२) उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

३) तालिम पश्चात स्वरोजगार भई यस वडा नं १५ मा ब्यवसाय संचालन गर्न प्रतिबद्ध

भएको हुनु पर्नेछ ।

४) साधारण लेखपढ गर्न सक्ने हुनु पर्ने छ ।' ५) बिपन्न पिछडीएको वर्गका व्यक्ति एकल महिला, बिधवा लाई विशेष प्राथमिकता


दिईने छ । ६) सहभागीको संख्या वढि भएमा अन्य निकायमा समेत सिफारिस गरिने छ ।


७) वडा नं १५ को स्थायी बासिन्दा भएको हुनुपर्ने छ 


Top Post Ad

post bottom ads

Ads Bottom