Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मन्त्रीले आफ्नो हैकम देखाउँदै लाइन बस्न लगाएको आरोपमा सुरक्षागार्ड पक्राउ गरिनुलाई तपाइँ के भन्नुहुन्छ ?- Brighter Khabar

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाएको आरोपमा पक्राउ परेका सुरक्षागार्डमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । 

छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङले मन्त्रीले पनि नियमको पालना गर्नु पर्ने भदै लाइनमा बस्न लगाएको भन्दै उनलाई  ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

मन्त्रि श्रेष्ठ  क्यानडाका लागि श्रीमतीको बायोमेट्रिक गराउन गएको शुक्रवार ठमेलमा रहेको छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न अनुरोध गरेका थिए  । लाइनमा नियम संगत तरिकाले बस्न लगाएका सुरक्षा गार्डलाई अभद्र व्यवहारको आरोप लगाउनु कत्तिको सान्दर्भिक ? 

 सुरक्षागार्ड गुरुङले अरु सेवाग्राही जस्तै उहाँले पनि लाइनमा बस्न आग्रह गर्दा  विवाद भएपछि मन्त्रीका पीएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल समेत भएको थियो।  त्यसपछि  प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो ।

 नियमको पालना सबैले गर्नुपर्ने भन्दै नियम  पालना गराउने सुरक्षागार्डलाई मन्त्रीले आफ्नो हैकम देखाउँदै थुनामा राखेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।  

यसमा तपाइँ के भन्नुहुन्छ ?

Top Post Ad

post bottom ads

Ads Bottom