फ्रान्स पेरिसमा एक युवतीले आत्महत्या गरेपछि प्रहरीले उनको अन्त्योष्टिको लागि परिवार खोजेको छ ।
फ्रान्स पेरिसमा बस्दै आएकी सर्लाहीकी २५ वर्षीया सानुमाया तामाङ (श्रेष्ठ) ले आत्महत्या गरेपछि उनको परिवार सम्पर्कमा नआउँदा प्रहरीलाई अफ्ठ्यारो परेको हो ।
एक स्रोतका अनुसार फ्रान्सको प्रहरीले अनुसन्धान सकेर अन्त्यष्ठिका लागि परिवारसंग सम्पर्क गर्न खोजेको खबर प्राप्त भएको छ । सो अवस्थामा त्यहॉका नेपालीहरूले नेपालस्थित उनको परिवार खोज्न पहल गरिरहेका छन् भन्ने खबर हामीलाई प्राप्त भएको छ ।
परिवारसंग सम्पर्क हुन नसके आफन्तबिनाको अन्त्यष्ठि प्रकृयामा जाने भएकोले नेपालमा उनको परिवार खोज्न पहल गरिदिनु सम्बन्धित सबैमा अनुरोध गरिएको बताइएको छ ।