Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्गजाकी एक १५ बर्षिय बालिका सम्पर्कविहिन , खोजी गरिदिन परिवारको आग्रह - Brighter Khabar

सांकेतिक तस्विर 

स्याङ्गजा भाद्र २२ गते  । स्याङ्जा 
विरुवाकि १५ वर्षिय बालिका  सम्पर्कविहीन भएकी छिन् 

स्याङ्गजा   विरुवा गाउँपालिका–३, सिउँडी निवासी १५ वर्षिय समिक्षा थापा मगर बेपत्ता भएको उनका आफन्तले जनाएका छन्  ।

आफ्नै गाउँको विद्यालयको   ९ कक्षामा अध्ययन गर्ने  समिक्षा तनहुँबाट स्याङ्जातर्फ आउने क्रममा सम्पर्क विहिन भएको बताइएको छ ।  उनि भदौ २१ गते विहान ७ बजेदेखि सम्पर्कमा नआएको बताइएको छ ।

समीक्षाका आफन्तले उनको खोजी गरिदिनका लागि आग्रह  गरेका छन् । 



यो पनि : 

विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने  १ सय ५१ चालक कारबाहीमा परेका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही सुरु गरेको हो।


कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमति पत्र नबोकेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीले सवारी चालक अनुमति पत्र नबोकीकन मोटरसाइकल चलाएका थिए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Top Post Ad

post bottom ads

Ads Bottom