Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जंगली हात्तीले स्कुटी चालकलाई आक्रमण गरेपछी - Brighter Khabar

 

भदौ १७ गते । झापाको मेचीनगर नगरपालिका ९ थोप्लेविराम सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र जंगली हात्तीको आक्रमणमा परी स्कुटी चालक महिलाको ज्यान गएको छ । 

शुक्रबार वेलुकी ५ः४० को समयमा सामुदायिक वन क्षेत्रको भित्री सडक खण्डमा मे ७ प २०४६ नम्बरको स्कुटीमा जादै गरेकी बुद्धशान्ति गाउँपालिका बस्ने वर्ष ३४ का सम्झना श्रेष्ठलाई बाटो छेकी जंगली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणमा परी गम्भीर घाइते हुनुभएकी श्रेष्ठलाई उपचारका लागि आम्दा अस्पताल मेचीनगर लगिएकोमा साँझ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसवारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । केही दिन पहिले पनि हात्तीले झापा बाह्रदशीमा मनिङ वाकमा निस्किएका एक ८० वर्षीय वृद्धको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom