Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खाने तेलको मूल्य घटेर आएपनि उपभोक्ताले मूल्य घटेको महसुस गर्न पाएनन् - Brighter Khabar


असोज १० गते । खाने तेलको मूल्य घट्यो भनेर सञ्चारमाध्यममा समाचार आउने गरे पनि आमउपभोक्ताले मूल्य घटेको महसुस गर्न पाएका छैनन् । 

खाने तेल उत्पादकले प्रतिलिटर ५० रुपियाँसम्म घटेको बताए पनि खुद्रा बिक्रेता र उपभोक्ताले भने १५–२० रुपियाँसम्म घटेको बताउँछन् । 

नेपाल वनस्पति घिउ, तेल उत्पादक सङ्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट तथा सरकारले भन्सार महसुल घटाएका कारण खाने तेलको मूल्य घटेको जनाएको छ । 

यता  नेपाल खुद्रा व्यापार सङ्घका नवनिर्वाचित अध्यक्ष पवित्र वज्राचार्यले भने सङ्घले मूल्य घटेको भनेको खाने तेल बजारमा आइनपुगेको भनेर टारेका छन्  ।  

खुद्रा व्यापार सङ्घको असोजको मूल्यसूचीअनुसार तोरीको तेल प्रतिलिटर मूल्य ३७०, भटमासको तेल २५५ तथा सूर्यमुखी तेल २९० रुपियाँ छ ।    

उत्पादक सङ्घका अनुसार बजारमा उद्योगले तोकेको मूल्य प्रतिलिटर तीन सय रुपियाँ थियो, अहिले २१० रुपियाँसम्म पनि झरेको छ तर उत्पादक सङ्घको यस मूल्यलाई खुद्रा व्यापार सङ्घको मूल्यसूचीसँग भने मेल खाँदैन । 

Top Post Ad

post bottom ads

Ads Bottom