Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कक्षा १२ को परीक्षाफल सार्वजनिक, नतिजा कसरि हेर्ने ? - Brighter Khabar

कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको जानकारी दिनुभयो ।

प्रमुख अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी सहभागी भएका थिए ।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको जानकारी उहाँले दिनुभयो ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसरी हेर्नुहोस कक्षा १२ को नतिजा - NEB Result

वेबसाइट

१. राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : http://www.neb.gov.np/results

२. नेपाल टेलिकमको वेबसाइट : https://www.neb.ntc.net.np/

एसएमस सेवा

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका NEB <space> Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।

आईभीआर सेवा

 १. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । 

Top Post Ad

post bottom ads

Ads Bottom