Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीका एक जनप्रतिनिधि पाइप चोरीको आरोपमा पक्राउ - Brighter Khabar


 खानेपानी आयोजनाको पाइप चोरीको अभियोगमा कास्कीमा जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी गाउँपालिका १ का वडा सदस्य खरजंग गुरुङ रहेका छन् ।

३४ वर्षीय गुरुङले अरु ३ जना सँग मिलेर मादी गाउँपालिकाको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए ।

असोज ५ गते राति ग१त ५१३७ नं को ट्याक्टरमा लोड गरी मादी गाउँपालिका वडा ५ तर्फ ल्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले वडा सदस्य खरजंगसहित मादी ७ थाकका ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय नीरज तामाङ र लमजुङको मध्यनेपाल नगरपालिका ८ स्थायी घर भइ हाल पोखरा १३ कसेरी बस्ने २३ वर्षीय ऋदम भन्ने सुनिल परियारलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको डिएसपी तिवारीले जानकारी दिए । चोरी गरिएको पाइप १४ लाख रुपैयाँ हाराहारीको हो ।

मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङका अनुसार यसअघि पनि उक्त आयोजनाबाट पाइप चोरी हुँदै आएको थियो । राजधानी दैनिकमा खबर छ ।

Top Post Ad

post bottom ads

Ads Bottom