Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा बुद्धचोकबाट तास खेलिरहेका ९ जना नगद सहित पक्राउ - Brighter Khabar


पोखरा , आश्विन  ९ गते । पोखरा महानगरपालिका वडा नम्बर १० बाट जुवा तास खेलीरहेको अवस्थामा  ९ जना पक्राउ परेका छन्  । 

आश्विन ९ गते आइतबार  अन्दाजी ४ बजेको समयमा कास्की पोखरा महानगरपालिका वडा नं. १० बुद्दचोक स्थित बिरेन्द्र कार्कीको घरमा शिव सुवेदी समेतले संचालन गरेको 'यु एण्ड मि'  मा सिसिटिभीको निगरानीमा बसि अवैध रुपमा जुवातास खेल्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो  । 

अवैध रुपमा जुवातास खेल्ने खेलाउने गरेका छन भन्ने गोप्य सुचनाको आधारमा  वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको  प्रहरी टोलीले उनीहरुलाई   नगद रु २,१५,२५०।- ( नगद रु दुई लाख पन्ध्र हजार दुई सय पचास ) सहित पक्राउ गरेको हो । 

साथै उनीहरुबाट  तास ४ बुक (२१४ पत्ती), सिसिटिभीको SINTECH लेखेको १५ ईन्चको कालो रंगको  लेड मनिटर १ थान ,  यु एन भी  लेखेको कालो रंगको  एन भी आर भिडियो रेकर्डर  १ थान ,  चार्जर थान-२ र  माउस थान-१ सहित नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको  म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom