Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सिट बाँडफाँडमा अड्किएको राजनीति, जनता सँधैको निरास - Brighter Khabar


पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

बुधबार राति अबेरसम्म बसेको बैठकले एक–एक सिटमा छलफल गरे पनि टुंगो लगाउन सकिरहेको छैन  ।

सिट बाँडफाँटमा समझदारी बनाउन गठबन्धनले साउन २२ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल बनाएको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बुझाउने तयारी गरेको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले एक सय, माओवादीले ६०, जसपाले ३२ र समाजवादीले २० सिटमा दाबी गरेका छन् । यसरी सत्ता र सिट बाँडफाँडको राजनितीले नेपालीलाई निराशा तिर धकेलिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom