महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५÷०७६ देखि कर नबुझाएकाले उनीहरुलाई एक साताभित्र कर बुझाउन ताकेता गरिएको र सात दिनभित्र नतिरे महानगरपालिका राजस्व ऐन, २०७५ अनुसार कारबाही हुने महानगरपालिकाका राजस्व विभागका निर्देशक डा शिवराज अधिकारीले जानकारी दिनुभयो ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहनुभएका प्रेमबहादुर आलेले पनि कर नबुझाउने एक दर्जन क्यासिनोको लाइसेन्स खारेज गर्नुभएको थियो भने केही क्यासिनोबाट सरकारले पाउनुपर्ने राजस्वबापत कम्तीमा पनि रु एक करोड बढी रकम सरकारका खातामा असुल गराउनुभएको थियो ।