Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा सवारी लाइसेन्सको परीक्षामा संलग्न नक्कली परीक्षार्थी पक्राउ - Brighter


पोखरा, भाद्र २४ गते  गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय पोखरामा अर्कैको नाममा सवारी लाइसेन्सको ट्रायल  परीक्षा दिने दुई महिला पक्राउ परेका छन्  ।

यहि भाद्र २२ गते पोखरामा भएको परिक्षामा अर्कैको नाममा परिक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो  । 

भानु नगरपालिका २ घर भएकी मन्जु पाण्डे को ट्रायल  परिक्षा दिन लगाउने भानु -४ स्थायी घर भएकी निरा रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।  प्रहरीका अनुसार परिक्षा दिने नक्कली परिक्षार्थी मकवानपुर स्थायी ठेगाना भएकी  हाल पोखरा बस्ने निर्मला विश्वकर्मा हुन् । 

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

Top Post Ad

post bottom ads

Ads Bottom