Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

डा. गोबिन्द केसीका माग सम्बोधन गर्न माग - Brighter


 असोज ८ गते । २०औँ सत्याग्रहमा रहनुभएका प्रा.डा. गोविन्द केसीका माग सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न चिकित्सा क्षेत्र सम्बद्ध सङ्गठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

विभिन्न सङ्गठनले शुक्रबार विज्ञप्तिमार्फत स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सुधारका विविध माग राखेर प्रा.डा. केसी १२ दिनदेखि आमरण अनशनमाबसिरहनु भएको उल्लेख गर्दै गरिब, विपन्न जनतासँग जोडिएका उहाँका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुमन आचार्य, रेसिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा. शेषराज घिमिरे, जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अध्यक्ष डा.अच्युत न्यौपानेले विज्ञप्तिमार्फत चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनसँग सम्बन्धित विषयमा सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको हो। 

“विगतका सत्याग्रहहरूदेखि नै हामी आवासीय चिकित्सकहरू चिकित्सा शिक्षा सुधार अभियानमा साथमा रहँदै आएका छौँ।'' विज्ञप्तिमा भनिएको छ ।

 डा. केसीको सत्याग्रहप्रति पूर्ण समर्थन गर्दै उहाँका माग पूरा गर्न आवासीय चिकित्सक सङ्घहरूले यसअघि नै ऐक्यबद्धता प्रकट गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom