Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कक्षा १२ को ग्रेड वृद्धि परिक्षा सम्बन्धमा सम्पूर्ण जानकारी (Class 12 Exam) - Brighter Khabar



पोखरा , भाद्र १८ गते । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकासित गरे संगै  ग्रेड वृद्धिको लागि  मौका परिक्षाको परिक्षा तालिका समेत सार्वजनिक गरेको छ ।

बोर्डले सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा NG (Not Graded) प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी  वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयसम्म ग्रेड वृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन पाउने गरी परिक्षा तालिका सार्वजनिक गरेको हो ।


त्यस्तै बोर्डले परीक्षा समय: बिहान ११:०० बजेदेखि २ः०० बजेसम्म सम्म तोकिएको जनाएको छ  ।

सूचना जारी गर्दै बोर्डले भनेको छ :

२०७० सालको जेठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीका रूपमा रजिस्ट्रेसन नम्बरको सुरुका दुई अड्क ७८ भएका) परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम D वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा NG (Not Graded) प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा D वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित (Absent) भएका परीक्षार्थीहरूका लागि दुई विषयसम्म ग्रेड वृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन पाउने गरी निम्नलिखित कार्यक्रम अनुसार ग्रेड वृद्धि परक परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।  प्रति विद्यार्थी रु. ६००१- (छ सय) का दरले हुन आउने रकम बुझाई सक्नुपर्नेछ । उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि मिति २०७९ असोज १४ गतेभित्र विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी रु. १,२००/- (एक हजार दुई सय) बुझाई सम्बन्धित विद्यालय मार्फत मिति २०७९ असोज २५ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भौचर सहित आवेदन फाराम बुझाई सक्नुपर्नेछ ।



Top Post Ad

post bottom ads

Ads Bottom