खानपान, शारीरिक श्रम र व्ययाम, तनावको व्यवस्थापन गर्न सकियो भने स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान हुन्छ ।
त्यसका लागि हामीले के खाने, कतिबेला खाने जस्ता विषयमा पनि ध्यान दिन जरुरी हुन्छ ।
विहान के खाने के नखाने, दिउँसो के खाने, बेलुका के खाने कति बेला खाने भन्ने कुरालाई ध्यान दिन सकेको खण्डमा स्वस्थ रहन मद्दत पुग्छ ।
आज हामी बेलुका खाने समयका बारेमा जानकारी दिँर्दैछौं । बेलुकाको खाना सुत्नु भन्दा केही अघिनै खानुपर्ने चिकित्सकहरु बताउँछन् ।
ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टा अघि खाना खाएमा मोटाउनेक्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिड्नु अझै लाभदायक हुनेछ ।
बेलुका चाँडो खानुका फाइदा
१. तौल नियन्त्रणमा रहन्छ। यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन।
२. छाति पोल्दैन। अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन ।
३. अधिक उर्जा पाउँन सकिन्छ। बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर उर्जाको कमी हुन सक्छ। यसविपरित चाँडै खाना खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले उर्जा पाउँछ।
४. हल्का महसूस हुन्छ। यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ। रुटीनमा खाना खानाले पेट हल्का हुन्छ र ग्यासको समस्या पनि हुँदैंन।
५. गहिरो निन्द्रा पर्छ। राति ढिला खाना खानाले निन्द्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन। यसविपरित चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ।
६. पाचनका लागि बढी समय उपलब्ध हुन्छ। जति खाना खायो, उति नै पच्नुपनि पर्छ। खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ। यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ। तर, ढिला खानाले रातभर सुतेपछि पनि पाचनप्रक्रिया चलिरहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ।
७. पेटको रोग कम हुन्छ। सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ। पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन। यसका अलावा छाला पनि चम्किलो हुन्छ।
८. चाहेको खान सकिन्छ। चाँडै खाना खाँदा तपाईं आफैं निर्धारण गर्न सक्नुहुन्छ के–के खाने भनेर। यदि खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ, किनकि खाना पहिले नै पचिसकेको हुनेछ।
यो पनि :
आयुर्वेद भनेको सर्वसम्मत, सर्वप्राचीन, वैज्ञानिक एवं सर्वाङ्गपूर्ण चिकित्सा हो । यो जीवनविज्ञान भएको हुँदा यसका दुईटा उद्देश्य छन् ।
एउटा, जसरी पनि रोगीलाई निरोगी कसरी बनाउने भन्नेमा यसले ध्यानाकर्षण गर्छ । अर्को, रोगी व्यक्ति हुनबाट कसरी बचाउने, निरोगीलाई यथास्थानमा कसरी राख्ने भन्नेबारे यो विज्ञानले गहिरोसँग अध्ययन गरेको छ ।
मान्छेको जीवन, उसको आहारबिहार, रहनसहन, ऊ बसेको ठाउँ विशेष, उसले गर्ने क्रियाकलापसँग सम्बन्धित रहन्छ, उसलाई लाग्ने रोगहरू ।
इन्जिनियरलाई ढाड दुख्छ, उसको मिर्गौला बढी जोखिममा हुन्छ, विद्युतीय उपकरणबाट सबैभन्दा बढी मिर्गौलालाई असर पुग्छ । बढी भाषण गर्ने नेताहरूजस्ता व्यक्तिलाई छातीको समस्या भयो भने उसको मुटु हेर्नुपर्छ । मानिसको आहारका हिसाबले उसलाई लाग्ने रोगहरू धेरै खालका हुन्छन् ।
कुन रोगलाई सञ्चो पार्नुपर्ने हो, त्यहीअनुसार आहारबिहार हुनुपर्छ । बेलुका एकदमै कफ बढाउनुपर्यो भने अथवा पित्त बढाउनुपर्यो, कफलाई घटाउनुपर्यो भने त्योबेला अलिकति पिरो चिजहरू, जस्तै मरिचपानी खायो भने पित्त बढ्छ, कफ नियन्त्रण हुन्छ । बेलुका कफलाई नियन्त्रण गर्न अमिलो, तितो चिजहरू खायो भने कफ नियन्त्रण हुन सक्दैन, कफ अनियन्त्रित हुन्छ ।
विविध समय, अवस्था, उमेर, जातिविशेष, धर्मविशेष, उसको रहनसहन विशेष, योगविशेषले मानिसलाई रोग लाग्छ । कुनै योगविशेषले तेस्रो योग उत्पन्न हुने भएकाले रोग लाग्ने समस्या हुन्छ । जस्तै, करेला र रायोको सागसँगै पकायो भने त्यसले मुटुलाई एकदमै छिटो चलाउँछ ।
प्रेसर बढ्ने, धड्कन एकदमै तीव्र हुने, अनियन्त्रित हुने हुन्छ । लामो समयको लागि सातु खायो, सातु पनि दूधसँग खायो भने उसलाई सुगरको समस्या हुनसक्छ । अल्सरले च्याप्न सक्छ । प्रेसरको समस्या देखिन सक्छ । यस्तो रोग लाग्न सक्छ, जसबाट उसले मुक्ति पाउन समस्या हुनसक्छ ।
आयुर्वेदले रोगीको आयुलाई आयु मान्दै मान्दैन । अस्वस्थ्यकर आयु त आयु हुँदै होइन भन्छ, आयुर्वेदले । निरोगी पनि बनोस्, दीर्घायु पनि बनोस् भन्ने आयुर्वेदको मूल ध्येय हो ।
बाह्रैमास सातु खानेलाई पनि यो रोग लाग्छ, बाह्रैमास सातु खानेमात्र नभएर दुई खानाको योग नमिलाउनेलाई पनि यस्तो रोग लाग्न सक्छ ।
जस्तो सातुसँग मोही एकदमै उपयुक्त हुन्छ । सातुसँग खुदो अथवा सख्खर अत्यन्तै उपयुक्त हुन्छ । तर, सातुसँग दूध भयो भने अत्यन्त हानिकारक हुन्छ । यस्तो योग नमिलाई खायो भने दीर्घ रोगहरू लाग्न सक्छ । जस्तै, करेला र मेवा सँगै खायो भने उसलाई मिर्गौलाको दीर्घरोग लाग्न सक्छ । मिर्गौलाको समस्याले उसलाई गाँजेरै छाड्छ ।
हाम्रो खानपान, बानीव्यहोराले दीर्घ रोग पनि ल्याइदिन सक्छ । ससाना संयोगले अस्थायी रोगहरू पनि निम्त्याउन सक्छन् । घिउ र दूधसँगै खायौं भने तत्काल कफ बढ्छ, एकैछिनमा टाउको दुख्छ । सागमा बेसार मिसायो भने त्यसले दीर्घरोगहरू निम्त्याउँछ । तत्कालका समस्या पनि खानपानबाटै आउँछन्, दीर्घरोग पनि खानपानबाटै आउँछन् । त्यही भएर खानपानमा अत्यन्तै ध्यान दिनुपर्ने हुन्छ । आयुर्वेद विज्ञानको अत्यन्तै महत्वपूर्ण पक्ष हो, खानपान ।
आयुसँग सम्बन्धित भएकाले आयु कसरी दीर्घ बनाउने र दीर्घ आयुभित्र निरोगी कसरी रहने भन्ने आयुर्वेदको मूल उद्देश्य हो । आयुर्वेदले रोगीको आयुलाई आयु मान्दै मान्दैन । अस्वस्थ्यकर आयु त आयु हुँदै होइन भन्छ, आयुर्वेदले । निरोगी पनि बनोस्, दीर्घायु पनि बनोस् भन्ने आयुर्वेदको मूल ध्येय हो । उसको आयुसम्म ऊ निरोगी भएर जिउन सकोस् भन्ने आयुर्वेदको सबैभन्दा ठूलो उद्देश्य हो ।
यो विज्ञानले यो समयमा यो नखाऊ भनेर निर्देशित गर्छ । जस्तै, बेलुकीको समयमा रायोको साग नखाऊ, गुन्द्रुक नखाऊ, बेलुका तोरी नखाऊ, बेलुका तीतेकरेला नखाऊ, मासु नखाऊ, लौका नखाऊ अर्थात कफ वृद्धि हुने वस्तुहरू बेलुका नखाऊ भन्छ, आयुर्वेद विज्ञानले । बेलुका आफैं कफ बढ्ने समय हो ।
खानपानबाट कफलाई अझै बृद्धि नगराऊ भनी आयुर्वेद विज्ञानले भन्छ । बिहान कफ बढ्ने चिज खाऊ । अमिलो, पिरो, चर्को, नुनिलो जे हुन्छ, त्यो खाऊ । बेलुका भने मधुर रसहरू, चिजहरू खाऊ । जस्तै, मह, दूधजस्ता परिकारहरू खानु घाम अस्ताएपछि अत्यन्त फाइदाकारी हुन्छ । तर, मुला, काँक्रोजस्ता चिजहरू बेलुका खानु हुँदैन । त्यस्तो खायो भने उसलाई रोगले त्यही दिनदेखि आक्रमण गर्न थालिहाल्छ ।
फ्रिजमा राखेको बासी खानेकुरा कहिल्यै खानु हुँदैन । यसले अत्यन्त चाँडै रोग निम्त्याउँछ । तीन घन्टाभन्दा बासी खानेकुरा कहिल्यै खानु हुँदैन । अर्को कुरा क्यान्सरजस्तो रोगको जड हामीले घरमै पालेका हुन्छौँ । स्टिलको झुसले भाँडा माझ्नु भनेको आफू र परिवारका सदस्यलाई रोगको घरमा धकेल्नु बराबर हो ।
स्टिलको झुसमा रहेका मसिना स्टिलका कणहरू जति नै धोए पनि भाँडामा रहिनै रहन्छन् जसले घाँटीको क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ । त्यस्तै, राइसकुकरमा पकाएको खाना पनि कहिल्यै खानु हुँदैन । राइसकुकर पनि रोगको घर हो । क्यान्सरलगायत थुप्रै रोगको घर यो भाँडाभित्र लुकेको हुन्छ । (डा. तिमिल्सिना आयुर्वेद चिकित्सक हुन् ।)