Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लोकसेवा आयोगको परिक्षामा प्रप्ताङ्कको ५० प्रतिशत अंक मात्र जोडिने भएपछी ( Loksewa Aayog Nepal ) - Brighter knowledge

  


अब देखि लोकसेवाले लिने प्रथम पत्र बाट प्राप्तांकको ५०% मात्रै गणना हुने भएको छ । आयोगले एक प्रेस विज्ञप्ति मार्फत उक्त कुरा जनाएको हो । 

विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ : 

"लोक सेवा आयोगबाट निजामती सेवाको रिक्त पदहरुको पदपूर्तिको गर्न आर्थिक वर्ष २०७९ ०८० देखि हुने विज्ञापनमा राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा तथा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा निम्नानुसार हुने गरी संशोधन तथा परिमार्जन गरिएको व्यहोरा आयोगको मिति २०७९ ०५ १३ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । 


१) राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा अन्तर्गत मामिला प्रस्तुतिकरणको पूर्णाङ साविकको ५० अंकको सट्टा ३० अंक कायम गर्ने ।


२) राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण (प्रथम पत्र) मा उम्मेदवारले प्राप्त गरेको कूल अंक ( प्राप्ताङ) को ५० (पचास) प्रतिशत अंकभार कायम गरी अन्तिम चरणको योग्यताक्रममा गणना गर्ने ।"

Top Post Ad

post bottom ads

Ads Bottom