Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लोकसेवा आयोग द्वारा पाठ्यक्रमको सम्बन्धमा जारी अत्यन्त जरुरी सूचना - Loksewa Notice

काठमाडौं , भाद्र २२ गते   लोकसेवा आयोगले सूचना जारी गरेको छ  । आयोगले  परीक्षा कार्यक्रम तोकिएकोमा सो परीक्षासँग सम्बन्धित उम्मेदवारहरूले पाठ्यक्रमको सम्बन्धमा जानकारी दिंदै सूचना जारी गरेको हो  ।

भाद्र २२ गते आयोगद्वारा जारी  सूचनामा खरिदार वा सो सरह पदको आ.व. २०७७/७८ र २०७८/७९ को बिज्ञापनका लागि परीक्षा कार्यक्रम तोकिएकोमा सो परीक्षासँग सम्बन्धित पाठ्यक्रम आयोगको वेभ साइटमा राखिएको परिमार्जित नयाँ पाठ्यक्रम बमोजिम हुने जनाइएको छ  । 

यो संगै आर्थिक बर्ष  २०७८/०७९ को हकमा संशोधित कार्यतालिका बमोजिम नै परीक्षा सञ्चालन हुने छ । 

परीक्षार्थीहरुले खरिदार वा सो सरह पदको आ.व. २०७७/७८ र २०७८/७९ को बिज्ञापनका लागि परीक्षा कार्यक्रम तोकिएकोमा सो परीक्षासँग सम्बन्धित उम्मेदवारहरूले पाठ्यक्रमको सम्बन्धमा बारम्बार जिज्ञासा प्रकट गर्दै आइरहेका थिए ।

आयोगको सूचनामा भनिएको छ :

 ''आयोगको सूचना नम्बर २२६/२०७९-८०, मिति २०७२/५/१४ को सूचना अनुसार रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको आ.व. २०७७/७८ र २०७८/७९ को बिज्ञापनका लागि परीक्षा कार्यक्रम तोकिएकोमा सो परीक्षासँग सम्बन्धित उम्मेदवारहरूले पाठ्यक्रमको सम्बन्धमा बारम्बार जिज्ञासा प्रकट गरेकोले आयोगको वेभ साइटमा राखिएको परिमार्जित नयाँ पाठ्यक्रम बमोजिम हुने र आ.व. २०७८।७९ को हकमा संशोधित कार्यतालिका बमोजिम नै परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।'' 

मितिः २०७९/५/२२


Top Post Ad

post bottom ads

Ads Bottom