Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्डद्वारा स्वागत एवं विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न - Marigold

 


असोज ०३, पोखरा। 

शैक्षिक जगतमा आफ्नो बलियो पहिचान बनाएको पोखरा १५ नयाँगाउँमा अवस्थित मेरिगोल्ड माध्यमिक विद्यालयले कक्षा एघारमा अध्ययनरत विद्यर्थीहरूलाई  स्वागत संगै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  

विद्यालयले कक्षा एघार र बाह्रमा अध्यापन गर्ने शिक्षक र विद्यार्थीकाबिच आश्विन ०३ गते पोखरा लेकसाइडमा अवस्थित फिसटेल लजमा विद्यालय संस्थापक निर्देशक मोतिराम गुरुङको अध्यक्षतामा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।  

कार्यक्रमका अध्यक्ष एवं विद्यालय संस्थापक निर्देशक  गुरुङले विद्यार्थीको सर्वाङ्गिण विकासका निमित्त विद्यालयले कुनै कुराको कमि हुन नदिने बताउँदै विद्यार्थीहरुलाइ राष्ट्रले खोजेको नागरिक बन्न उत्प्रेरित गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रचार्य प्रविण गुरुङले  विद्यार्थीहरुमा संगतले पार्ने प्रभाव र त्यस्को प्रतिफल संगै भविष्यको गन्तव्य पहिलाउन विद्यार्थीहरुले अपनाउनै पर्ने बाटो कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा महत्वपूर्ण प्रेरक सामाग्री प्रस्तुत गर्नुभएको थियो । 


त्यस्तै कार्यक्रममा  होटल व्यवस्थापन संकायका संयोजक विकास गुरुङले अबको जनशक्तिको प्रतिस्पर्धा केबल राष्ट्रभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि हुने भएकाले विद्यार्थीहरू सैद्धान्तिक पढाइका साथ जीवनोपयोगी सिपमा पनि अगाडि बढ्नुपर्ने बताउनुभएको थियो  ।

त्यस्तै डि आर काफ्लेले संचालन गरेको उक्त कार्यक्रममा कक्षा १२ का छात्रछात्राहरुले नृत्य संगै आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए  । 

Top Post Ad

post bottom ads

Ads Bottom