Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पाेखरा महानगर आर्थिक विकास महाशाखाद्वारा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न- Pokhara


पोखरा , आश्विन ६ गते  ।  पाेखरा महानगर  आर्थिक  विकास महाशाखाकाे आयोजनामा कृषि , पशु, शहकारी उद्धम तर्फको सार्वजनिककरण कार्यक्रम सम्पन्न भएको छ ।

महाशाखाकाे सार्वजनिककरण कार्यक्रम व्यवसाय प्रवर्द्धन केन्द्र   पोखरा सभागृहमा आज एक विशेष समारोहका बीच बाेध राज कार्किकाे अध्यक्षता एवंम्  पाेखरा महानगरका  उपमेयर मन्जु गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमम  आर्थिक बर्ष . २०७८/७९ काे बार्षिक प्रगति तथा २०७९ सालका  कार्यक्रमको सार्वजनिककरण समेत गरिएको हो   ।

उक्त कार्यक्रममा कृषि महाशाखा प्रमुख मनहर कडरिया , पशु सेवा शाखा अधिकृत नवराज अधिकारी , कृषि बिज्ञ बेनी बहादुर बस्नेत र  समाजशास्त्री  डा रामचन्द्र बराल लगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा कृषिविज्ञ  बेनी बहादुर बस्नेतले कृषिमा दिएकाे अनुदान प्रभावकारीता सम्बन्धि अध्ययनकाे प्रस्तुति राख्नुभएको थियो भने डा. आर सि बरालले पोखरा महनगरकाे सिँचाइकाे वस्तु स्थिति संगै सो संबन्धमा नितिगत एवम्  विश्लेषणात्मक सुझाव प्रस्तुत गर्नुभएको थियो ।

साथै कार्यक्रममा  किसानको संस्था दर्ता गर्नुपर्ने, प्यान, भ्याट लाग्ने, कागजी झन्झट रहेको, अनुगमन फितलो रहेको, मण्डिमा बिक्रीको लागि सिण्डिकेट रहेको, कृषि सामाग्रीहरुमा  गुणस्तर खस्केको, प्राकृतिक प्रकोपले पुगेको क्षती सम्बोधन हुन नसकेको, बिमा, कृषि ऋण लिन झन्झट रहेको, ७५ % ब्यबसायिक कृषकले भाडामा खेती गरे पनि जग्गा उपयोग दिगो हुन नसकेको जस्ता बिषयहरु सहभागीबाट उठेको थियो । 
महानगरको आर्थिक क्षेत्रको मुख्य आधार पर्यटन, कृषि र व्यापार भएकाले  उत्पादनमुलक क्रियाकलापमा बजेट बढाउँदै जानुपर्नेमा प्रमुख अतिथी मन्जुदेवी गुरुङले जोड दिनुभएको थियो ।साथै उहाँले ब्राण्ड भनेर चिनिएका पोख्रेली जेठोबुढो धान, ढोडबेसिको खुदो, सुन्तला,हेम्जाको आलु आदिको थप प्रबर्द्धन गर्ने र पोखरा २१ मा सफल देखिएको तर्बुजा बिस्तार गर्नेमा प्रतिबद्दता समेत व्यक्त गर्नुभएको थियो  ।
त्यस्तै उक्त कार्यक्रममा  कृषि भुमि व्यवस्था सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख बालकृष्ण अधिकारी , पाेखरा मनपा प्रमुख प्रशासकिय अधिकृत, प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियाेजना तरकारी सुपरजाेन प्रमुख राेशन अधिकारी लगायतको उपस्थिती रहेको थियोे । 
पाेखरा महानगरका  ३३ वटै वार्डकाे कृषि संजाल संयाेजक र प्रतिनिधिहरु सहितको अन्तर्किया कार्यक्रम संगै  आगामी  कार्यक्रमबारे छलफल गरिएको  उक्त   कार्यक्रमको संचालन कृषि प्राविधिक ज्ञानु आचार्यले गर्नुभएको थियो ।                      

Top Post Ad

post bottom ads

Ads Bottom