Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जिल्ला प्रशासन कार्यलय स्याङ्जाद्वारा जारी अत्यन्त जरुरी सुचना : Syangja Update


स्याङ्जा , आश्विन ९ गते ।   जिल्ला प्रशासन कार्यलय स्याङ्जाले आम सर्वसाधारणहरुको लागि  सुचना जारी गरेको छ ।

स्याङ्जाले आउँदै गरेका विभिन्न चाडपर्व संगै घट्न सक्ने घटना हरुबाट सचेत रहन सुचित गरेको हो । 



बजारबाट वस्तु तथा सेवाको उपभोग गर्दा गुणस्तर र मूल्यसूची समेतलाई ध्यान राख्नुहुन अनुरोध गर्दै सर्वसाधरणको हित विपरित कुनै पनि गैरकानूनी तथा अवाञ्छित क्रियाकलाप भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने सम्वन्धमा सुचित गरिएको छ । 

साथै  स्याङ्जाले गैरकानूनी रुपमा सञ्चालित चिठ्ठा र अनलाइन सपिङका नाममा हुने ठगी समेतबाट जोगिन सर्वसाधारणलाई सुचित गरेको छ । 

सुचनामा भनिएको छ : 


"आसन्न दशै, तिहार तथा छठ जस्ता चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, डकैती जस्ता अवाञ्छित क्रियाकलापहरु, धार्मिक/सांस्कृतिक उत्सवका क्रममा हुनसक्ने सम्भावित झैझगडा, गैरकानूनी रुपमा सञ्चालित चिठ्ठा र अनलाइन सपिङका नाममा हुने ठगी समेतबाट जोगिन सर्वसाधारणलाई यसै सूचनाद्वारा सूचित गरिन्छ । साथै बजारबाट वस्तु तथा सेवाको उपभोग गर्दा गुणस्तर र मूल्यसूची समेतलाई ध्यान राख्नुहुन अनुरोध छ । सर्वसाधरणको हित विपरित कुनै पनि गैरकानूनी तथा अवाञ्छित क्रियाकलाप भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।"

Top Post Ad

post bottom ads

Ads Bottom