Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ - Update


 सिरहा प्रहरीले मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलसहित उनिहरुलाई पक्राउ गरिएको हो ।

लहान नगरपालिकास्थित प्रादेशिक अस्पतालभित्र रहेको पार्किङ स्थलबाट चोरी भएको को.२६ प.१८३६ नम्बरको सेतो रंगको अपाचे मोटरसाईकल, लहान नगरपालिका वडा नं.१ स्थित सनराईज होटल अगाडी पार्किङ स्थलबाट चोरी भएको मोटरसाईकल स.६ प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मोटरसाईकलसहित चोरीमा संलग्नहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा लहान नगरपालिका वडा नं.३ बस्ने बर्ष २० का नविन कुमार महतो, बर्ष २४ का राकेश राय र सिरहा नवराजपुर गाउँपालिका वडा नं.३ जगतपुर बस्ने बर्ष २२ कासन्तोष कुमार यादव रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर सिरहा जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।-

Top Post Ad

post bottom ads

Ads Bottom