Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भ्यानको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएपछि - Brighter Khabar

 

पिकअप भ्यानको ठक्करबाट तनहुँमा एक पैदल यात्रुको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

 म्याग्दे गाउँपालिका– ४ थर्पु बजार स्थित भित्री सडकमा ठक्कर दिँदा सोही गाउँपालिका–२ बस्ने बर्ष ७० की ईन्दुमाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ठक्कर दिई घाइते बनाएको हुँदा घाईतेलाई तत्काल उपचारको लागी जि.पि.कोइराला श्वासप्रश्वास केन्द्र बेलचौतारा तनहुँ लगेकोमा उपचारको क्रममा ३ः४५ बजे चिकित्सबाट मृत घोषणा गरेका उहाँले जानकारी दिनुभएको छ ।

 सोही गाउँपालिका–३ बस्ने वर्ष २४ को गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नं. को पिकप भ्यानले ठक्कर दिएको चालक तथा भ्यानलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले बताउनुभयो ।


यो पनि :

काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको हो । बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन् । मोटरसाइकलको पछाडि बसेका एकजना घाइतेको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

Top Post Ad

post bottom ads

Ads Bottom