Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तिहार मनाएर फर्किएका यात्रु चढेको बस दुर्घटना हुँदा ८ जना घाइते , दुइको अवस्था गम्भीर - Brighter Khabar


कात्तिक १२,     शनिबार रोल्पामा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । 

रोल्पाको  रुन्टिगढी गाउँपालिका–८ मेलटाकुराबाट दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस पानीगैरामा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई प्रादेशिक अस्पताल तुल्सीपुर दाङ पठाइएको छ ।

तिहार मनाएर फर्किएका १५ यात्रु चढेको बस सडकमै पल्टिएको प्रत्यक्ष दर्शीले बताएका छन् । 

बस चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१९ का केशव खड्का फरार रहेको खबर प्राप्त भएको  छ । 

साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको  छ   ।

यो पनि : 

कालीकाेटमा विस्फाेट वस्तु पड्किँदा दुई जना बालिकाकाे ज्यान गएकाे छ । तीन बालबालिका जना घाइते भएका छन् । 

कालीकाेटकाे तिलागुफा नगरपालिका-१० रानाबाडामा विस्फाेट वस्तु पड्किँदा चार वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाकाे ज्यान गएकाे हाे । यस्तै, तीन वर्षीया दर्शना राना, सात वर्षीय कमल थापा र पाँच वर्षीया मुस्कान थापा घाइते भएका हुन् । 

उनीहरु घर नजिकैकाे काेदाेबारीमा खेलिरहेकाे अवस्थामा विस्फाेटक वस्तु पड्किएकाे प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयाे। 

घाइते बालबालिकाहरुलाई  उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएकाे प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom