Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्याराग्लाइडिङ दुर्घटनामा सेनाका एक खेलाडीको ज्यान गयो - Brighter Khabar


पोखरा, आश्विन ३० गते  ।  पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको दुर्घटनामा मृत्यु भएको छ ।

क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको बेला ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

प्याग्लाइडिङ उडेको पाँच मिनेटमै सय मिटर माथिबाट खसेको थियो ।

दुर्घटनापछि मेट्रोसिटी अस्पताल पुर्‍याएलगत्तै उहाँलाई मृत घोषणा गरिएको थियो ।

खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित भएको छ ।


यो पनि : 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकामा राखिएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जलि दिनुहुनेछ । १२ बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।


शताब्दी पुरुष जोशीले यसअघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गर्नुभएको थियो ।

अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल परिसरमा राखिएको थियो ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना हुनुभएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom