Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भोलि देशभर सार्वजनिक बिदा - Brighter Khabar


पोखरा , आश्विन ३१ गते ।  सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।
संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षमा आइतबार निधन भएको थियो ।

सुचनामा भनिएको छ : 

''संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।''


Top Post Ad

post bottom ads

Ads Bottom