Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आफ्ना प्रतिद्वन्द्वीलाइ धम्क्याउदै गठबन्धनका उम्मेदवार, धम्की दिनेलाई संज्ञान लिई कारवाहीको जोडदार माग - Brighter Khabar

 

कार्तिक १, गठबन्धनका उम्मेदवारले आफ्ना प्रतिद्वन्दी उम्मेद्वारलाई धम्की दिएको खबर बाहिरिएको छ  ।
राष्ट्रिय स्वतन्त्र पाटी बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार श्री गणेश धिमाललाइ नेपाल सरकार को बहाल वाला मन्त्रि तथा पाँच दलिय गठबन्धनको प्रत्यक्ष तर्फका प्रतिनिधि सभा उम्मेदवार उमाकान्त चौधरीले आफ्नो समर्थक तथा उप्रदवी समुहको साथमा पुगी धम्की दिएको बुझिएको छ  ।
उनले समुहको साथमा पुगी प्रत्यक्ष प्रतिनिधि सभा सदस्य चुनाव बाट नाम फिर्ता लिन र पत्रकार सम्मेलन गरेर आफ्नो समर्थन गर्न धाक धम्कि दिएको तथा सो नगरे राष्ट्रिय स्वतन्त्र पार्टीको कारणले गर्दा आफु चुनावमा पराजय बेहोरे आफ्ना समर्थकले आबेगमा आएर केहि गरे सो को जिम्मेवारी आफ्नो नहुने जस्ता शब्द प्रयोग गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सभापति चन्दन स्वर्णकारले बताएका छन्  ।
यो संगै राष्ट्रिय स्वतन्त्र पार्टीले  यस विषयमा निर्वाचन आयोग तथा प्रशासनले समयमै  संज्ञान लिई दोषी उपर कारवाही प्रक्रिया अगाडी बढाएर भयमुक्त त्रास रहित वातावरणमा निर्वाचन गर्न निर्वाचन आयोग स्थानीय प्रशासन तथा सम्बन्धित सबैसँग जोडदार माग गरेको छ ।

बिज्ञप्ति जारी गर्दै भनिएको छ :

''राष्ट्रिय स्वतन्त्र पाटी बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार श्री गणेश धिमालको घरमा मिति २०५९/६/२९ गते राति ११:३० बजे नेपाल सरकार को बहाल वाला मन्त्रि तथा पाँच दलिय गठबन्धन को प्रत्यक्ष तर्फ का प्रतिनिधि सभा उम्मेदवार उमाकान्त चौधरी ले आफ्नो समर्थक तथा उप्रदवी समुहको साथमा पुगी प्रत्यक्ष प्रतिनिधि सभा सदस्य चुनाव बाट नाम फिर्ता लिन र पत्रकार सम्मेलन गरेर मेरो समर्थन गर्न धाक धम्कि दिएको तथा सो नगरे राष्ट्रिय स्वतन्त्र पार्टी को कारण ले गर्दा आफु चुनाव मा पराजय बेहोरे हाम्रो समर्थकले आबेगमा आएर केहि गरे सो को जिम्मेवारी आफ्नो नहुने जस्ता शब्द प्रयोग गरेको मा सो को हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्ला कार्यसमिति घोर भर्त्सना गर्दछ यसरि लोकतान्त्रिक पद्दति बाट नेपालको संबिधान अनुसार चुनाव लड्ने नैसर्गिक अधिकार बाट कोइ कसैले बन्चित गर्न नसक्ने व्यहोरा पनि अवगत गराउन चाहन्छौ । यस विषयमा निर्वाचन आयोग तथा प्रशासन ले समय में संज्ञान लिई दोषी उपर कारवाही प्रक्रिया अगाडी बढाएर भयमुक्त त्रास रहित वातावरणमा निर्वाचन गर्न निर्वाचन आयोग स्थानीय प्रशासन तथा सम्बन्धित सबैमा जोडदार माग गर्दछौं । ''

Top Post Ad

post bottom ads

Ads Bottom