Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गेष्‍ट हाउसमा बस्ने बिभिन्न ब्यक्तिहरुको गोप्य भिडियो रेकर्ड गर्ने ब्यक्ति पक्राउ - Brighter Khabar

 


लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने ब्यक्ति पक्राउ परेका छन्  ।

कार्तिक २ गते दिउसो २ बजे  काठमाण्डौ महानगरपालिका  वडा नं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचनाका आधारमा  प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो ।

खबर प्राप्त गर्नासाथ  तत्कालै प्रहरी बृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृत सहितको टोली उक्त लजमा पुगी काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. १५ घर भई हाल का.जि का.म.न.पा वडा नं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो एण्ड क्याफेको म्यानेजर पदमा कार्यरत वर्ष ४२ को मुकेश मालीलाइ प्रहरीले पक्राउ गरेको हो ।

उक्त व्यक्तिलाई नियन्त्रणमा लिई जाँच गर्दा उसको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा निजको मोबाइल फोनमा गेष्‍ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित निजलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्तले जनाएको छ  ।

उक्त घटनाको सम्बन्धमा प्रकरण नं. ख) मा बरामद दशीसहित प्रकरण क) मा पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा श्री जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट दिन-५ को म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom