Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दरौँखोला सामिप्य समाज पोखराद्वारा बृहत स्वास्थ्य शिविर सम्पन्न, १५०० भन्दा बढी लाभान्वित - Brighter Khabar


पोखरा, कार्तिक ६ गते । दरौँखोला सामीप्य समाज पोखराले आफ्नो जन्मथलोमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

समाजले अर्जुन्चौपारी स्याङ्जामा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । कार्तिक ५ गते अर्जुनचौपारी गाउँपालिकामा अवस्थित पन्चकन्या मावीमा  संचालित एक दिने स्वास्थ्य शिविरमा १५०० जना भन्दा बढिले सेवा लिएको समाजले जनाएको छ । 

कार्यक्रम मणिपाल टिचिङ अस्पतालका डा . कृष्ण कोइरालाको संयोजकत्वमा सम्पन्न भएको हो । साथै अस्पतालका संस्थापक निर्देशक गौरी कोइराला , श्री कृष्ण इ एन टि , केयर सेन्टर पोखरा नयाँबजार पोखरा लगायतको सहयोग रहेको थियो । 

शिविरमा मेडिकल , कान नाक घाँटी , स्त्री रोग , छाला, बालरोग,हाड जोर्नी , आँखा साथै मुख तथा दन्त रोगका सम्बन्धमा सेवा प्रवाह गरिएको बताइएको छ । 

कार्यक्रमका सहयोगी संस्थाहरूमा एसोसियसन अन्नपूर्ण नेपाल,श्रीकृष्ण ई.एन.टी. केयर प्रा. लि., नयाँबजार पोखरा

,हिमालय आँखा अस्पताल, घारीपाटन, पोखरा बर्दघाट डेन्टल क्लिनिक प्रा.लि., नवलपरासी रहेको आयोजकले जनाएको छ । 

त्यस्तै स्थानीय व्यवस्थापकमा अर्जुनचौपारी गाउँपालिका र प्राविधिक सहयोगमा मणिपाल शिक्षण अस्पताल फुलवारी पोखरा रहेका थिए ।

साथै यस वृहत् स्वास्थ्य शिविरमा १२ जना विशेषज्ञ, १५ जना मेडिकल अफिसर, ८ जना इन्टर्न डाक्टर र ५ जना नर्सहरुद्वारा सेवा प्रदान गरिएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom