Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ओमिक्रोनको सवभेरियन्ट 'एक्स बि बि' नेपालमा पहिलो पटक भेटियो, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह- Brighter Khabar

 


कार्तिक ६ गते  , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको सवभेरियन्ट 'एक्स बि बि' नेपालमा पहिलो पटक पहिचान भएकोले सतर्क रहन आग्रह गरेको छ  ।
मन्त्रालयले  देशका विभिन्न भागहरुबाट  श्रावण २१ देखि आश्विन १४ सम्म कोभिड १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान (Genomic Sequencing) गर्दा ओमिक्रोनको सवभेरियन्ट XBB नेपालमा पहिलो पटक पहिचान भएको जनाएको हो   ।
सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिड-१९ को संक्रमण बढेको देखिएकोले नेपालमा पनि थप सतर्कता आवश्यकता रहेको मन्त्रालयले  जनाएको छ ।
सूचना जारी गर्दै मन्त्रालयले दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुने भएकोले कोभिड १९ तिव्र गतिमा फैलिने संभावना उच्च रहेकोले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको (जस्तै मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने) पालना गर्न गराउन सबैको जानकारीको लागि  अनुरोध गरेको छ  ।

सूचना जारि गर्दै मन्त्रालयले भनेको छ : 

''देशका विभिन्न भागहरुबाट मिति २०७९ श्रावण २१ देखि आश्विन १४ सम्म कोभिड १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान (Genomic Sequencing) गर्दा ओमिक्रोनको सवभेरियन्ट XBB नेपालमा पहिलो पटक पहिचान भएको छ सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिड-१९ को संक्रमण बढेको देखिएको छ ।

दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुने भएकोले कोभिड १९ तिव्र गतिमा फैलिने संभावना उच्च रहेकोले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको (जस्तै मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने) पालना गर्न गराउन सबैको जानकारीको लागि विनम्र अनुरोध गर्दछौं ।''


Top Post Ad

post bottom ads

Ads Bottom