Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पौडी खेल्ने क्रममा डुबेर १ जनाको ज्यान गयो एक बेपत्ता एकको उद्धार - Brighter Khabar

 
सांकेतिक तस्विर 

वनभोज खान गएका एक युवाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ   । 

जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।  मृत्यु हुनेमा  भेरी नगरपालिका ४ का २० वर्षका रोशन खड्का भएको प्रहरीले जनाएको छ । त्यस्तै भेरी नगरपालिका ३ का २६ वर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएको खबर प्राप्त भएको छ । 

त्यस्तै एक जनालाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको  छ । उनीहरु फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरूले मङ्गलवार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा पिकनिक  गएका थिए  । 

प्रमुख जिल्ला अधिकारी अञ्जन श्रेष्ठले नदीमा डुबेका र बेपत्ताको खाजी तथा उद्धारका लागि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खोज कार्य जारी राखेको बताउनु भयो ।

यो पनि : 

दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।

दुवै जना घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए । गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

समस्यामा पहिरो पीडित, चाडपर्वमा निराशा

आलिताल गाउँपालिका –७ बलौचा, ओबा र खिन्नेभाडी गाउँका ७५ परिवारले दशैँ, तिहार नमनाएको तीन वर्ष भयो । २०७७ कात्तिक महिनामा आएको वर्षाका कारण पहिरो जाँदा विस्थापित भएका ७५ परिवारको अझै अस्थायी टहरामा बास छ । चाडपर्व आउँदा आफूहरूलाई निराश गर्नेगरेको उहाँहरूको भनाइ छ ।

७८ वर्षीया दुर्गादेवी साउँदले चाडपर्व नमनाएको तीन वर्ष भएको बताउनुभयो । उहाँ तीन वर्ष यता पहिरोले जीर्ण बनेको घरमा बस्दै आउनुभएको छ । यी दुई गाउँमा करिब ७५ परिवार बस्दै आउनुभएको छ । 

आकाशमा बादल मडारिएसँगै सुरक्षित स्थानमा बस्न बालबच्चासहित टहरामा भाग्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । वर्षातकै समयमा ठूला चाडपर्व आउँछन, उहाँले भन्नुभयो, “यस्तो दयनीय परिस्थितिमा कसरी चाड पर्व मनाउनु ?”

आलिताल गाउँपालिका –७ बलौचा, ओबा, खिन्नेभाडिका ४० परिवार दुई महिनादेखि टहरामा बस्दै आउनुभएको छ । बलौचा, ओभा, खिन्नेभाडी र खैरेनीका पहिरोपीडित अस्थायी टहरामा नै राहतमा पाएको चामलबाटै तिहार मनाउँदैआएको बताउनुभयो ।  

“आकाशको भर छैन । कतिबेला पानी पर्छ र जमिन भासिन्छ । अहिले पनि पहिरो खसिरहेको छ” बलौचाका पहिरोपीडित सङ्घर्ष समितिका अध्यक्ष दीपक बोहराले भन्नुभयो ।  

स्थानीय सरकारको समन्वयमा बहुउद्देश्यीय विकास समाज डडेल्धुरा र कार्क एन एक्ट र स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा आलितालका पहिरोपीडितका लागि व्यवस्थित अस्थायी सुरक्षित टहरा निर्माण भएपछि आफूहरू जोखिमबाट मुक्त भएको अध्यक्ष बोहराले बताउनुभयो ।

पहिरोले उठीबास मात्रै गरेन । अहिले पनि उत्तिकै डर छ । गाउँमाथिबाट पहिरो खस्नेक्रम रोकिएको छैन उहाँले भन्नुभयो । डर त्रासको जीवन बाँचिरहेको तीन वर्ष भएको उहाँले चिन्ता व्यक्त गर्नुभयो । सुरक्षित स्थानमा बस्ती सार्नका लागि काठमाडौंसम्म धाए पनि सुनुवाइ नभएको उहाँले दुखेसो पोख्नुभयो । 

पहिरोले यहाँका अधिकांश घरहरू जीर्ण बनेका छन् । जग्गा जमिन बाँझो रहेको पीडित तुलाराम बोहराले बताउनुभयो । गत साता भएको वर्षाले पनि गाउँमा पहिरो गएको उहाँले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom