Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवनमा मात्रै डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो - Brighter khabar

 

चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कार्यालयको तथ्याङ्कानुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको खबर गोरखापत्रमा छ ।

अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताउनुभयो । उहाँले जाडो बढेसँगै डेङ्गु कम हुँदै जाने अनुमान गरिएको बताउनुभयो ।

यो पनि : 

मोटरसाइकल दुर्घटनामा परेका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका  शेरबहादुर पुन मगरको ज्यान  गएको खबर प्राप्त भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा आज पश्चिमबाट पूर्व जाँदैगरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउदैगरेको सुपप्र ०१—००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते भएका थिए  ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा उनको ज्यान गएको हो ।

जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom