Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतले गराएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर एक नेपाली बलकको ज्यान गयो - Brighter Khabar


कात्तिक १२,  भारतले  चट्टान फुटाउन प्रयोग गरेको  विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर एक नेपाली बलकको ज्यान गएको छ  ।

भारतको लखिमपुरस्थित चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर दार्चुलाको  व्यास गाउँपालिका-२ तम्बाकुमा ९ वर्षीय पवन महराको ज्यान गएको हो  । 

व्यास गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरनसिह बुढाथोकीका अनुसार आफ्नो घर तिर आइरहेका उनको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर ज्यान गएको हो   । ती बालक थि भन्ने ठाउँबाट कल्जुतर्फ आइरहेका थिए । वडाध्यक्ष बुढाथोकीका अनुसार आज बिहान १० बजेतिर बुवा हिक्मत महराका साथमा छोरा पवन र छोरी घरतर्फ आइरहेका थिए । 

भारततर्फ गर्ग एण्ड गर्ग कम्पनीले चट्टानी भूभाग फुटाल्न विष्फोट गराउदा घटना घटेको बताइएको छ ।

घटना स्थलमा थप अनुसन्धानका लागि  दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा प्रहरी खटिगएको छ प्रहरीले जानकारी दिएको छ  ।


यो पनि :

हात्तीको आक्रमणबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जकी ५१ वर्षीया रुगैदा खातुन हुन् । 

उहाँको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रक्तस्राव बढी भएका कारण उहाँको मृत्यु भएको चिकित्सकले बताएका छन् । बाख्रा चराउन जङ्गल गएकी खातुनलाई कात्तिक १० गते दिउँसो अमलेखगन्जस्थित नेपाल आयल निगम अगाडि रहेको पार्किङ् नजिकको जङ्गलमा हात्तीले आक्रमण गरेको थियो । मृतकको घाँटी र खुट्टामा चोट लागेको थियो । 

यसैगरी बाराको पथलैयामा मोटरसाइकलसँग बस ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार आमाको मृत्यु, छोरा घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–१६ हटिया टोलकी ४५ वर्षीया होमाकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा उहाँको २० वर्षीय छोरा पुजल थापा मगर घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते होमाकुमारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा मोटरसाइकल चालक पुजलको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 

पूर्वबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र ०३–०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट आई रहेको ना ५ ख ५८०५ नम्बरको बससँग शुक्रवार साँझ साढे ३ बजे ठोक्किँदा दुर्घटना भएको तथा प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom