Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दलको पक्ष विपक्षमा लाग्ने कर्मचारीलाई कारबाही तर सरकारको मन्त्रि पदमा रहेर पार्टी बिशेषलाइ भोट माग्ने मन्त्रिलाई कसले गर्छ कारवाही- Brighter Khabar


आश्विन २५,   निर्वाचन आयोगले सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको जानकारी दिएका हुन् ।

निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकले उम्मेदवारसँग तस्बिर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्रीको शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको आचारसंहिताको अनुगमनका लागि आयोगमा रहेको अनुगमन समितिको अनुगमनका क्रममा ती कर्मचारीले पालन गर्नुपर्ने आचरणको उलङ्घनका घटना भेटिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । सोही दफाको (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।  आचारसंहिताको दफा ९ मा निर्वाचनको काममा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण, दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण, दफा, ११ मा सरकारी वा गैरसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचरण र दफा १२ मा गैरसरकारी संस्था, विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । 

यता नेपाल सरकारको मन्त्रालय सम्हालेका मन्त्रीहरुले खुलेआम पार्टीकै प्रचारमा लागेर नेपालि जनतालाई भ्रममा पार्दा यसमा भने कुनै पनि निकायको ध्यान जान सकेको छैन  । नेपाल सरकारका  गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आँफुहरुलाई बहुमत दिन आम मतदातालाई आग्रह गर्दै मन्त्रि पदमै रहेर  खुलेआम प्रचारमा लागेका छन्  । त्यति मात्र हैन  उनले आज एक कार्यक्रममा बोल्दै आवश्यकतानुसार  नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि आँफुहरुलाइ बहुमत आवश्यक रहेको जिकिर गर्दै पदको धज्जी उडाएका छन् । उनले मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारणसभामा बोल्दै यस्तो बताएका हुन् ।

Top Post Ad

post bottom ads

Ads Bottom