Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यस्तो छ पछिल्लो समयको देशभरको मौसम पूर्वानुमान - Brighter Khabar


कात्तिक १४ गते । सोमबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू–भागका केही स्थान बाहेक बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। पछिल्लो समय न्यूनतम तापक्रममा सुधार आउँदा चिसो बढेको छ । हल्का तुवाँलोका कारण विहानपख जाडो बढेको छ । हाल काठमाडौँ उपत्यकाको न्युनतम् तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ भने जुम्लामा १.६ डिग्री सेल्सियसमा झरेको छ । 


यो पनि : 

दार्चुलाका एक बालकको मृत्युको घटनालाई लिएर नेपाल सरकारले आइतबार भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ। महाकाली नदीपारि भारतीय पक्षले सडक निर्माण गर्ने क्रममा गराइएको विस्फोटबाट ढुङ्गा उछिट्टिएर लाग्दा दार्चुला जिल्लाको व्यास गाउँपालिकाका १२ वर्षीय पवन महराको ज्यान गएको थियो। 

मानिसको ज्यान जाने गरी भएको विस्फोटका विषयमा ध्यानाकर्षण गराउँदै नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो। सो कूटनीतिक नोट नेपालस्थित भारतीय राजदूतावासमार्फत पठाइएको मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले शनिबार ध्यानाकर्षण गराउँदै कूटनीतिक नोट पठाउन मन्त्रालयमा पत्राचार गरेको थियो। सोहीबमोजिम भारतीय पक्षलाई त्यस्ता निर्माण कार्यका विषयमा आसपासका क्षेत्रमा सूचना दिनुपर्ने भनेर सचेत गराउँदै र भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन कूटनीतिक नोटमार्फत अनुरोध गरिएको छ। 

दार्चुला समाचारदाताका अनुसार सडक निर्माणका क्रममा ढुङ्गाले लागेर ज्यान गुमाएका १२ वर्षीय पवन महराको परिवारलाई भारतीय निर्माण  कम्पनीले १० लाख भारतीय रुपियाँ क्षतिपूर्ति प्रदान गरेको छ। सो रकमको नेपाली सटही करिब १६ लाख रुपियाँ हुन्छ। सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले जिलेटिन विस्फोट गर्दा उछिट्टिएको ढुङ्गा लागेर व्यास गाउँपालिका–२, दुम्लिङका महराको ज्यान गएको थियो। 

धार्चुलाको एसडीएम कार्यालयमा नेपाली प्रतिनिधिसमेतको उपस्थितिमा आइतबार भएको छलफलपछि सो रकम दिने सहमति भएको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार तावाघाट–लिपुलेक सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले पीडित परिवारलाई क्षतिपूर्ति १० लाख भारतीय रुपियाँ उपलब्ध गराएको छ।

व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीका अनुसार सडक निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरी क्षतिपूर्ति रकम उपलब्ध गराएको हो। अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले पीडित परिवारका बालबालिकालाई कक्षा १२ सम्म पढाउन सहयोग गर्ने, १० लाख रुपियाँ क्षतिपूर्ति दिने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रतिबद्धता जनाएको छ।

घटनापछि पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि शनिबार भारतको धार्चुला गएको थियो। सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्य गेल्बुसिंह बोहराले अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा बिनासूचना विष्फोट गराएर ज्यादती गरेकाले यस्ता गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेको बताउनुभयो। यसअघि पनि भारतीय पक्षले सडक निर्माणका क्रममा फ्याँकिएका ढुङ्गा तथा विस्फोट गर्दाको कम्पनले नेपालतर्फका घर चर्किएका, खेत बाँझिएका र आँगनमा बाँधिएका चौपायासमेत मरेपछि विस्थापित भएको मृतकका बुवा हिक्मतसिंह महराले बताउनुभयो। 

आउँदा दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्वजानकारी दिनुपर्ने सहमति पनि भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। घटनामा बालककी दिदी १४ वर्षीया सरिना महरा घाइते हुनुभएको छ। जिल्ला अस्पताल दार्चुलामा घाइते सरिनाको उपचार भइरहेको छ। यसैबीच मृतकको परिवारलाई व्यास गाउँपालिकाले किरिया खर्चबापत ३० हजार रुपियाँ प्रदान गरेको खबर गोरखापत्रमा  छ।

Top Post Ad

post bottom ads

Ads Bottom