Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक संजालमा चरि'त्र ह'त्या गर्ने २१ बर्षीय पुरुष पक्राउ - Brighter Khabar

 


कार्तिक ९ , सामाजिक संजालमा चरित्र हत्या गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ  ।  
महिलाको तस्विर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा प्रहरीले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ८ स्थायी वतन भई सोही स्थान बस्ने बर्ष २१ को रविन्द्र भण्डारीलाई पक्राउ गरेको हो ।
नैतिकता र शिष्टाचार विरुद्धका सामाग्री सामाजिक सञ्जालमा लेखी प्रकाशन तथा प्रशारण गरी चरित्रहत्या एवं समाजिक नैतिकता विरूद्धका कार्य गर्नुका साथै पीडित महिलालाई अनावश्यक दुःख हैरानी दिनेगरेकालाई उक्त पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

प्रहरीले  उक्त पुरुषलाई  विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा सम्मानीत काठमाडौं जिल्ला अदालतबाट कार्तिक २ गते  पक्राउ अनुमती लिएको थियो  ।
भण्डारीलाई  साइबर  ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय तनहुँको सहयोगमा कार्तिक ०३ गते पक्राउ गरेको हो  ।
त्यस्तै  सम्मानीत काठमाडौं जिल्ला अदालतको ०४ गतेको आदेशले  ६ दिन  म्याद थप भई आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ  ।


यो पनि : 
निर्वाचन आयोगले उम्मेदवार र नेताहरूलाई लाञ्छना लगाउँदै बनाइएका झुठा फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको छ ।

सामाजिक सञ्जालमा विभिन्न पेज तथा ग्रुप निर्माण गरी व्यक्तिगत लाञ्छना लगाइएकोप्रति आयोगले ध्यानाकर्षण भएको भन्दै त्यस्ता पेज र ग्रुप हटाउन निर्देशन दिएको हो ।

उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा नो नट अगेन समेतका फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरु बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

नेताहरूलाई लाञ्छना लगाउँदै बनेका त्यस्ता ग्रुप र पेज तत्काल हटाइ अब यस्ता किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यस्तो कसुर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था भएको स्मरण गराउँदै आयोगले झुठा फेसबुक पेज र ग्रुपहरु तत्काल नहटाए कानुन बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom