Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एउटा कार्यालयमा दुईवटा हाकिम - Brighter Khabar

 

कात्तिक १४, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागको प्रादेशिक निकायका रूपमा रहेको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा दुई जना कार्यालय प्रमुख भएपछि समस्या उत्पन्न भएको छ। प्रदेश नम्बर १ मा राजस्व चुहावट तथा नियन्त्रणसम्बन्धी काम गर्दै आएको राजस्व अनुसन्धान कार्यालयमा दुई जना प्रमुख भएपछि कसलाई आधिकारिक मान्ने भन्ने विषयमा विवाद देखिएको हो।  

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयबाट सरुवा भई सो कार्यालयमा प्रमुखका रूपमा गत असोज २७ गते हाजिर हुनुभएका खेमराज ओझाले जिम्मेवारी सम्हान्न पाउनुभएको छैन। हालका कार्यालय प्रमुख तीर्थ खनाल आफू सरुवा भएको ठाउँमा जान नमानेपछि अहिले विवाद देखिएको कर्मचारीको भनाइ छ। नयाँ कार्यालय प्रमुख हाजिर भइसके पनि एक दुई दिनभित्रै जिम्मेवारी बुझाएर जानुपर्नेमा खनाल अहिलेसम्म रमाना बुझेर आफू सरुवा भएको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा जानुभएको छैन।  

कार्यालयमा कार्यरत एक कर्मचारीले भन्नुभयो, “पुराना कार्यालय प्रमुख जान मान्नुभएको छैन, नयाँ आउनुभएका कार्यालय प्रमुखले पदभार ग्रहण गरी काम सुरु गर्नुभएको छैन। कसरी काम गर्ने भन्नेमा हामी अन्योलमा परेका छौँ।” यस सम्बन्धमा पुराना कार्यालय प्रमुख खनालको ‘मोबाइल अफ’ रहेकाले सम्पर्क हुन सकेन भने नयाँ कार्यालय प्रमुख ओझाले आफू आएर हाजिर भए पनि जिम्मेवारी नपाएको स्वीकार गर्दै खनालले चाँडै जिम्मेवारी बुझाएर रमानापत्र बुझ्नुहुने विश्वास व्यक्त गर्नुभयो। गोरखापत्र 

यो पनि : 

भारतको गुजरात राज्यमा झोलुङगे पुल भत्किएपछि कम्तीमा ७८ जनाको मृत्यु भएको छ । स्थानीय मोर्बी नगरस्थित मच्चु नदीमाथि रहको पुल भाँचिदा सयौँ मानिसहरू नदीमा खसेका थिए ।

उक्त पुल मर्मतसम्भार गरी पुनः संचालनमा ल्याइएको केहीमा दिनमै यो घटना घटेको हो । भिडियो फुटेजमा पुल भाँचिएपछि मानिसहरू त्यसमा झुण्डिएको देख्न सकिन्छ ।

घटनाको समयमा पुलमा ४ सय जनासम्म मानिस भएको समाचारमा जनाइएको छ । गुजरात राज्यका मन्त्री बृजेश मिर्जाले ८० जनाभन्दा बढी मानिसको जीवितै उद्दार गरिएको बताउनुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom