Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु- Brighter Khabar


कात्तिक ५,  कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, सहायक हवल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका(३ का २६ वर्षीय अमर संग्रामी मगरको मृत्यु भएको हो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् ।

यो पनि : 

पश्चिम दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता हुनुभएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको जानकारी दिनुभएको हो ।

बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ वर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ वर्षीय गोमा भनिने साविरा चन्द हुनुहुन्छ ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार नदीमा नहाउने क्रममा बेपत्ता भएका दुवैको खोजी कार्य जारी रहेको बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom