Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट झापाको लागि छुटेको कार अनियन्त्रित भइ त्रिशुलीमा खसेपछि - Brighter Khabar


पोखरा , आश्विन १७ गते ।  पोखरा बाट झापाका लागि छुटेको बा १० च ४५५४ नम्बरको कार त्रिशुली नदीमा खसेवा बेपत्ता भएको छ ।  नारायणगढ मुग्लिन सडक खण्डको सत्र किलो  भन्ने स्थानबाट कार त्रिशुलीमा खाएको हो । 
कारमा सवार झापा दमकका  ५२ बर्षीय लिला भट्टराई र  उनकी ४० बर्षीय श्रीमती देउकला दाहाल सामान्य घाइते भएका छन्  । 
सडकमा गुडिरहेको कार अनियन्त्रित भइ नदीमा खसेको चालक भट्टराईले जानकारी दिए । 

यो पनि : 
महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।     

घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल छन् ।     

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मानसिंह पन्तले जानकारी दिनुभयो ।  

 गोकुलेश्वरबाट देहिमाडाैँतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो ।     

महाअष्टमीमा यात्रु आज देहिमाडौैंस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए । तीव्र गतिका अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ । अटोरिक्सा सडकबाट ५०० मिटर तल खसेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom