Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँमा बिहानै स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा ४ जना घाइते, एकको अवस्था गम्भीर - Brighter Khabar


तनहुँ , कार्तिक ६ गते । तनहुँमा आइतबार बिहान पल्सर बाइक र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

तनहुँको दमाैली पेट्रोल पम्प अगाडि  ग १४ प ४१९० नम्बरको स्कुटर संग पल्सर बाइक ठाेक्किँदा ४ जना घाइते भएका हुन्  ।

दुर्घटनामा व्यास १ का आयुष गुरूङ  गम्भीर घाइते भएका छन् । 

त्यस्तै ऋषिङ २ का श्रीराम राना सहित तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom