Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देशभर बाढीको वितण्डा : विभिन्न सडकखण्ड अवरोध देखि नदीनालामा पानीको वहाव उच्च - Brighter Khabar


आश्विन २०, तीन दिनदेखिको वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको छ ।

दसैंमा भएको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा गाडीहरु गन्तव्यमा पुग्न सकेका छैनन् । टिका ग्रहण गर्न जानेदेखि घरबाट कार्यक्षेत्र फर्किनेहरुसमेत प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ ।

पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । बागमती र अन्य प्रदेशमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।

अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७:३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो ।

नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ ।

राप्ती नदीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ ।

लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ ।

लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom