Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जिल्ला प्रशासन कार्यालय स्याङ्गजाको अत्यन्तै जरुरी सूचना - Brighter Khabar



स्याङ्गजा , जिल्ला प्रशासन कार्यालय स्याङ्गजाले सर्वासाधरणका लागि जरुरी सूचना जारी गरेको छ  । 
स्याङ्गजा प्रशासनले नेपालीहरुको महत्वपूर्ण पर्व तिहार, नेपाल संवत तथा छठ जस्ता चाडपर्वको समयमा हुन सक्ने अवाञ्छित क्रियाकलापहरुहरू कम गर्न भन्दै सम्बन्धित सबैको लागि भन्दै सूचना जारी गरेको हो   । 
सूचनामा  धार्मिक/सांस्कृतिक उत्सवका नाममा हुनसक्ने झैझगडा, गैरकानूनी रुपमा सञ्चालित चिठ्ठा र अनलाइन सपिङका नाममा हुने ठगी समेतबाट जोगिन सर्वसाधारणलाई अनुरोध गरिएको छ  । 
''नेपालीहरुको महत्वपूर्ण पर्व तिहार, नेपाल संवत तथा छठ जस्ता चाडपर्वको समयमा हुन सक्ने अवाञ्छित क्रियाकलापहरु, धार्मिक/सांस्कृतिक उत्सवका नाममा हुनसक्ने झैझगडा, गैरकानूनी रुपमा सञ्चालित चिठ्ठा र अनलाइन सपिङका नाममा हुने ठगी समेतबाट जोगिन सर्वसाधारणलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।'' सूचनामा भनिएको छ ।
साथै बजारबाट वस्तु तथा सेवाको उपभोग गर्दा गुणस्तर, मूल्यसूची र उपभोग्य अवधी समेतलाई ध्यान राख्न समेत सूचनामा अनुरोध गरिएको छ । 
त्यस्तै  तिहारको समयमा पटका, आतिशवाजी लगायतका विस्फोटक तथा प्रज्वलनशील पदार्थको बिक्री वितरण तथा प्रयोग नगर्नु नगराउन साथै तिहारको समयमा देउसी भैलो कार्यक्रम गर्दा साँझ ७.०० बजे सम्म मात्र संचालन गर्न सूचित गरेको छ । 
त्यसैगरी  सर्वसाधरणको हित विपरित कुनै पनि गैरकानूनी तथा अवाञ्छित क्रियाकलाप भए गरेको पाईएमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन समेत अनुरोध गरिएको छ  । 
साथै गैरकानूनी तथा अवाञ्छित क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ  ।
सूचनामा भनिएको छ :
''नेपालीहरुको महत्वपूर्ण पर्व तिहार, नेपाल संवत तथा छठ जस्ता चाडपर्वको समयमा हुन सक्ने अवाञ्छित क्रियाकलापहरु, धार्मिक/सांस्कृतिक उत्सवका नाममा हुनसक्ने झैझगडा, गैरकानूनी रुपमा सञ्चालित चिठ्ठा र अनलाइन सपिङका नाममा हुने ठगी समेतबाट जोगिन सर्वसाधारणलाई यसै सूचनाद्वारा सूचित गरिन्छ । साथै बजारबाट वस्तु तथा सेवाको उपभोग गर्दा गुणस्तर, मूल्यसूची र उपभोग्य अवधी समेतलाई ध्यान राख्नुहुन अनुरोध छ । तिहारको समयमा पटका, आतिशवाजी लगायतका विस्फोटक तथा प्रज्वलनशील पदार्थको बिक्री वितरण तथा प्रयोग नगर्नु नगराउनुहुनका साथै तिहारको समयमा देउसी भैलो कार्यक्रम गर्दा साँझ ७.०० बजे सम्म मात्र संचालन गर्नुहुन तथा उल्लेखित व्यहोराका विरुद्ध सर्वसाधरणको हित विपरित कुनै पनि गैरकानूनी तथा अवाञ्छित क्रियाकलाप भए गरेको पाईएमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनुहुनका साथै त्यस्ता गैरकानूनी तथा अवाञ्छित क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।''

Top Post Ad

post bottom ads

Ads Bottom