Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अविरल बर्षा संगै एकाबिहानै गएको पहिरोमा परी एकै घरका तिन जनाको ज्यान गयो - Brighter Khabar


आश्विन २१ ,  अविरल बर्षा सँगै गएको पहिरोले घर पुरिँदा एकै परिवारका तिन जनाको ज्यान गएको छ ।

चन्द्रागिरि नगरपालिका २ तल्लो मसिनेस्थित ध्यानकेन्द्रमा  आज बिहान साढे एक बजे पहिरोले बगाउँदा एकै परिवारका  तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा काभ्रे धुलिखेल नगरपालिका १२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षीया छोरी सारफी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको शव बिहान ६ बजे निकालिएको प्रहरीले जनाएको छ  ।

यो पनि :

चालक भन्छन्- कम क्षति गराउन सडक छेउँमै बस पल्टाउन खोजे तर सकिन: 

बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-२२ स्थित तीन नम्बर पुलको मोडमा बस बिहीबार बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।

नारायणघाटबाट वीरगन्जतर्फ आउदै गरेको बाप्र–०६–००१ख ०११० यात्रुबस पथलैया–हेटौंडा सडक खण्डअन्तगर्त पर्ने तीन नम्बर पुलको घुमाउरो बाटोबाट तल खसेको थियो। ४० जनाभन्दा बढी यात्रु बोकेको बस सडकबाट तल खस्दा क्षतविक्षत बनेको थियो।

दुर्घटनामा परी मृत्यु भएका १० पुरुष र ६ महिलामध्ये १४ जनाको सनाखत भएको छ। प्रहरीका अनुसार जीतपुर-सिमरा २२ का २८ वर्षीय सुरेश विक, कलैया उपमहानगरपालिका-२ का ४१ वर्षीय लिलाराज चौधरी, कलैया-१० की ३६ वर्षीया नाजलिन खातुन, सोही ठाँउका २६ वर्षीय इताजत अंसारी, चितवन खैरहनी नगरपालिका-५ बुडौलीका ६३ वर्षीया नन्दकुमारी पुडासैनी, सोही ठाँउका ३५ वर्षीय मनोरथ पुडासैनी, चितवन कालिका नगरपालिकाका-१५ वर्षीय सफल कंडेल, वीरगन्ज महानगरपालिका-१६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया, सोही ठाँउकी ३६ वर्षीया मुन्नीदेवी चौरसिया, हेटौंडा उपमहानगरपालिका-७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाँउकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, ओखलढुंगाका लालबहादुर बोगटी, गोर्खाका ३५ वर्षीय अम्बिका कंडेल, जनकपुर उपमहानगरपालिका-५ का ५० वर्षीय सन्तोषकुमार राय छन्।

मृतक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

दुर्घटनमा घाइते भएकाहरूको हेटौंडास्थित चुरेहिल अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार चुरेहिल अस्पताल हेटौंडामा बसचालक स्याङजा आदिखोला ६ का दिप्तीनारायण ढकाल, वीरगन्ज-१४ का अनवर अंसारी,  जीतपुर-सिमरा २१ का आएन बम्जन, कलैया-१४ घर भई हालः हेटौंडा बस्ने ५ वर्षीय अनस आलम, भरतपुर उपमहानगरपालिका-१२ का १६ वर्षीया रीतिका चौधरी, उनकी बहिनी १२ वर्षीया प्रिती चौधरी, पर्सा पकाहामैनपुर गाँउपालिका-४ का २० वर्षीय सन्देश यादव उपचाररत छन्।

त्यसैगरी चितवन मेडिकल कलेजमा नाम नखुलेको एक महिलासहित वीरगन्ज-१६ की २ वर्षीया साक्षी चौरसिया, ९ वर्षीय दिब्य चौरसिया, ३५ वर्षीया लक्ष्मीयादेवी, २२ वर्षीया रविना चौधरी, २५ वर्षीय सन्दीप चौरसिया, खैरहनी ८ का ५४ वर्षीय भिमसेन अधिकारी, सोही ठाँउका ३८ वर्षीय रविना अधिकारी, १७ वर्षीय सन्देश अधिकारी, १४ वर्षीय सृष्टी अधिकारी, हेटौंडा-१४ की मन्जुकुमारी लोप्चन, ७ वर्षीया सुवानी घिसिङ, १२ वर्षीय विज्ञान घिसिङ, १४ वर्षीय अमृत लोप्चन र १४ वर्षीय प्रशान्त स्याङतानको उपचार भइरहेको छ।

त्यस्तै भरतपुर मेडिकल कलेजमा हेटौंडा-१४ की ठूलीमाया लोप्चन, भरतपुर-२२ का २१ वर्षीय आयुस बास्तोला र वीरगन्जस्थित नारायणी अस्पताल वीरगन्ज-१६ की ६० वर्षीया मालतीदेवी चौरसियाको उपचार भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

प्रहरी उपरीक्षक बोगटीका अनुसार वर्षाको समयमा तिव्र गति र ब्रेक फेल भएका कारण दुर्घटना भएको बताएका छन्। चुरेहिल अस्पतालमा उपचार गराइरहेका चालक ढकालले चुरियामाईको ओरालोपछि बसमा ब्रेक नलागेको र सोही कारण दुर्घटना भएको बयान प्रहरीलाई दिएको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ।

बस दुर्घटनाका घाइतेलाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पठाएका थिए। दुर्घटनालगत्तै घटनास्थल पुगेका जीतपुर-सिमरा २१ वडाध्यक्ष सुवास श्रेष्ठले क्षतविक्षत अवस्थामा रहेको बसबाट झिकेर घाइतेलाई अस्पताल पठाएको बताए। श्रेष्ठले घटनास्थलमै १२ जनाको मृत्यु भएको जानकारी दिए।

'घटनास्थलमा मृतक र घाइते यताउता छरिएको अवस्थामा थियो। कोही कोही चिच्याइरहेका थिए, कोही रुँदै थिए,’ श्रेष्ठले भने, 'हामीले छिटोभन्दा छिटो उद्धार गर्ने प्रयास गर्‍यौं, मृतक र घाइते सबैलाई अस्पताल पठायौं।’

घाइते र मृतक सबैलाई अस्पताल लगेपछि प्रहरीले घटनास्थलबाट उक्त बस उठाएर पथलैया ल्याएको छ। घटनापछि यस क्षेत्रका राजनीतिक दलका नेता, जनप्रतिनिधिले ठूलो मानवीय क्षति हुनेगरी दुर्घटना भएको भन्दै दुःख ब्यक्त गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom