Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमेरिकी राजदुत रिचार्ड थम्पसन र प्रधानमन्त्री देउवाविच एकाएक भेटवार्ता - Brighter Khabar


कार्तिक ६,  नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले अचानक  प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भेटवार्ता गरेका छन्  ।  थम्पसनले आफ्नो कार्यकालको सुरुवातको समयमै प्रधानमन्त्री देउवा समक्ष भेटवार्ता गरेका हुन्  ।  

साथै थम्पसनको भेट परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भएको बुझिएको छ । सो क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । 

त्यस्तै राजदूत थम्प्सनले  वक्तव्यमार्फत भनेका छन् , “अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु ।” 

भेटको क्रममा उनले दुष्प्रचार र दमनबाट मुक्त रहन र  इच्छाशक्तिलाई सुदृढ गर्न अग्रसर हुने दाबी गरेका छन्  । साथै नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाठको अवसरमा आफ्नो कार्यकालभन्दा अगाडिको समय हेर्दै पछिल्ला ७५ वर्षका ठूला उपलब्धिलाई उछिन्ने उनको दाबि छ  । तर कस्ता  उपलब्धिलाई उछिन्ने भन्ने चाहिँ प्रष्ट छैन ।

Top Post Ad

post bottom ads

Ads Bottom