Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तास खेल्दै गर्दा हारजितको बिषयलाई लिएर लोहोरोले हानि हत्या गरेको आरोपमा ३ जना पक्राउ - Brighter Khabar


आश्विन २५,  तास खेल्दै गर्दा हारजितको बिषयलाई लिएर झगडा गरि हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको सिलौटोको लोहोराले हानि हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो  । 

पक्राउ पर्नेमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फिदिम–१२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ–७ घर भई सोही होटल बस्ने आचार्यकी श्रीमती २३ वर्षीया बिमला राई रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले होटलमा तास खेलेको र पैसाको हारजीतको विषयलाई लिएर विवाद हुँदा सिलौटोको लोहोरो प्रहार गरी सँगै खेलिरहेका साथीकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको  छ । गुरुङको शव असोज १८ गते बिहान बसपार्कको ड्राइभिङ सेन्टर पूर्व प्लटिङमा फेला परेको थियो । 

विवाद हुँदा गुरुङलाई टाउको पछाडिको भाग र नाकमा अचार पिस्न प्रयोग गरिने ढुङ्गाको लोहोराले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।  

साथै घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको र घटनामा संलग्न रहेर फरार रहेका केहीको खोजी कार्य भईरहेको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom