Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दशैँको मुखैमा आएर पर्वतमा लागुऔषधसहित दुईजना पक्राउ - Brighter Khabar


पर्वत , आश्विन १८ गते । लागू औषध सहित २ जना व्यक्ती पक्राउ परेका छन्  । पर्वत कुश्मा  ७  दुर्लुङ चोक बस्ने बर्ष ३५ को लुपेन्द्र पुनको घरबाट  पुन र उनीसँगै  नवलपरासी सुनवल नगरपालिका  वडा नं. ७ घर बताउने  ३३ बर्षीय  विक्रम राना मगर पक्राउ परेका हुन्  ।
पुनको घर कोठामा लागु औषध सेवन तथा बिक्री वितरण समेत गरी कोठामा लुकाई राखेको छ भन्ने सुचनाका आधारमा  उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्र.ब.ना.नि. मोहन कुमार खड्काको कमाण्डमा खटिएको  प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो  ।
उनिहरुबाट  डाईजापाम ४९ एम्पुल, नोफिन ४९ एम्पुल र फेनारागन ४९ एम्पुल गरी जम्मा १४७ एम्पुल लागू औषध बरामद गरीएको जिल्ला  प्रहरी कार्यालय पर्वतले जनाएको छ  । 
उनीहरुलाई  पक्राउ गरी ल्याईएकोमा हाल बडा दशैको अबसरमा सम्मानित पर्वत जिल्ला अदालत बन्द भएकोले म्याद थप गर्न नसकिएको भन्दै  अदालत खुलेको बखत मुद्दा दर्ता गरी म्याद थप गरिने समेत प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom