Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

के साँचिकै डा. भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी नदेलान् त , के छ भित्रि रहस्य ? - Brighter Khabar


आश्विन १७, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका  डा. बाबुराम भट्टराईले आँफु  प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका छन्।  उनले सामाजिक सञ्जाल फेसबुक मा उक्त कुरा बताएका हुन्  । '२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु। आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।' उनले भनेका छन्  

चुनावमा उम्मेद्वारी नदिइकन  सक्रिय राजनीतिमा भने लागिरहने बताए पनि यस सम्बन्धमा अन्य वास्तविकता भने भट्टराईले खुलाएको देखिंदैन  । केहि दिन अगाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटेर राजनीतिक यात्रा सँगै गर्ने संकेत उनले गरेका थिए । 

फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन् :

 ''प्रिय गोरखा,

२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु। आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।

मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाॅकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पएॅ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।

म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।

आसन्न बडादसैं,तिहार,नेपाल सम्वत्‌लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना!''

Top Post Ad

post bottom ads

Ads Bottom