Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फेवाताल सफाइमा जुट्यो पोखरा - Brighter Khabar


पोखरा, आश्विन २५ गते । पोखरामा अवस्थित फेवाताल सफाइमा पोखरा महानगर जुट्न थालेको छ ।

फेवातालमा जलकुम्भी झारले ढाकेपछि आजदेखि पोखरा महानगरले  सरसफाइ अभियान सुरु गरेको हो । पोखरा महानगरका मेयर धनराज आचार्यका अनुसार  सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा सँगै  अन्य साधनको मद्दतबाट जलकुम्भी झार तालबाट हटाउने काम भएको हो   । तालको धेरैजसो  भागमा जलकुम्भी फैलिएर ताललाई कुरूपतिर लागिरहेको अवस्थामा महानगरले यो अभियान सुरु गरेको हो । मङ्गलबार  तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार  सरसफाई कार्यक्रममा  ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् । 

१२ हजार ८ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुरिंदै गएपनि यसमा सम्बन्धित निकायले उचित ध्यान नदिँदा कालान्तरमा यसको अस्तित्व माथिनै प्रश्न उठ्न सक्ने देखिन्छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने पर्यटकहरूलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ ।

त्यस्तै  फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । तर महानगरले यस सम्बन्धमा  ठोस कदम भने अझै चाल्न सकेको देखिंदैन  । 

Top Post Ad

post bottom ads

Ads Bottom