Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दरौंखोला सामीप्य समाज पोखराद्वारा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्यशिविर सम्पन्न - Brighter Khabar


पोखरा, कार्तिक ५ गते ।  दरौंखोला सामीप्य समाजले पोखरा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ  । 

समाजले अर्जुनचौपारी गाउँपालिकाको स्थानीय व्यवस्थापनमा पन्चकन्या मा वि  अर्जुनचौपारीमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्यशिविर सम्पन्न गरेको हो । मणिपाल टिचिङ अस्पताल पोखराको  प्राविधिक सहयोगमा सम्पन्न शिविरमा  एसोसियन अन्नपूणर् नेपाल, श्री कृष्ण ई. एन. टि. केयर प्रा.लि. नयाँबजार पोखरा, हिमालयआँखा अस्पताल पोखरा, बर्दघाट डेन्टल क्लिनिकप्रा.लि. नवलपरासी, नोवल अस्पताल विरौटा, भिरकोट सामुदायिक अस्पताल हेलुको सहयोग रहेको थियो ।

उक्त शिविरमा मणिपाल टिचिङ्ग अस्पताल बाट १३ जनाविशेषज्ञ डाक्टर सहित ४ जना फार्मेसिस्ट , २० जना मेडिकल अफिसर, श्री कृष्ण ई एन टि केयरबाट नाककान घाटी रोग विशेषज्ञ प्रा. डा. कृष्ण कोइराला सहित  ४ जना  फारर्मेसिस्ट, १ जना वरिष्ठ प्रशासक, हिमालयनआँखा अस्पतालबाट ५ जनाचिकित्सक, टेक्निसियनहरु, बर्दघाट डेन्टल क्लिनिक नवलपरासीबाट ४ जना दन्त तथा मुख रोग चिकित्सक, भिरकोट  सामुदायिक अस्पताल हेलु बाट १ जना दन्त चिकित्सक, नोवल अस्पताल विरौटा पोखरा वाट १ जना बालविशेषज्ञ सहित अन्य ३ जना चिकित्सकहरु र दरौंखोला सामीप्य समाज परिवार अन्तर्गतका  २ जना मेडिकल अफिसर र ३ जना स्टाफ नर्सहरु एवम् २ जना स्वास्थ्य सेविकाहरुले सेवा प्रदान गरेका थिए  ।


स्वास्थ शिविरलाई प्रभावकारी बनाउन  दुई दिन सम्म प्रचार प्रसार गर्न मिनवहादुर खड्का, बावुराम थापा, चन्द्रकान्त अर्याल र कमलअर्याल (सिस्नेपानी) ले सहयोग गरेको  समाजका अध्यक्ष सोभित खड्काले बताउनु भयो  । 

त्यस्तै  मिडिया पार्टनरको रुपमा ब्राइटर मिडिया प्रा.लि.का निर्देशक  डि.आर काफ्ले साथै  प्रेस सेन्टर गण्डकीका लोक प्रसादकाफ्ले हुनुहुन्थ्यो । 

३५ सदस्यीय सहयोगी समूहमा  दरांैखोला सामीप्य समाजका संरक्षक, सचिवालय संयोजक,सल्लाहाकार- सुर्य रोका, वरिष्ठ सई एचवि रोका,दिदिवहिनी क्वालीटी सर्कलका पदाधिकारीहरु जनसम्पर्क समितिका संयोजक, कार्यसमिति, गाउँ संयोजक, आजीवन सदस्यहरु, स्थानियप्रहरी इन्चार्ज वरिष्ठ सई ख्यामवहादुर खड्का, स्वास्थ्यचौकी प्रमुख इश्वरकुमार के.सी., श्री कृष्ण ई. एन. टि केयर, नयाँवजार पोखराका संस्थापक/डाइरेक्टर गौरी कोइराला, अर्जुन चौपारी गा.पा. १ का वडा अध्यक्ष रन वहादुर थापा, पुतलीवजार न.पा.-१३ का वडा अध्यक्ष जुद्ध थापा, भिरकोट न.पा.-७का वडा अध्यक्षतारा प्रसादअर्याल, अतिथि सत्कार तथा भोजन व्यवस्थापनमा दिदीवहिनी क्वालिटी सर्कलकी सह-संयोजक मिना अधिकारी तथा अन्यदिदीवहिनीहरु, अर्जुनचौपारी बजार व्यवस्थापन समितिकाअध्यक्ष, दरौखोला युवाक्लवका अध्यक्ष, यातायात व्यवस्थापन संयोजक नमवहादुर रोका, दरांैखोला सामीप्य समाजकाआजीवन सदस्यहरु- रित रोका, सोवित रोका, झक रोका, केशर के.सी., टेक नारायण गौतम, जनसम्पर्क संयोजक गंगाराम पौडेल तथा उपाध्यक्ष वोधराज गौतम रहेको संस्थाका अध्यक्ष खड्काले बताउनुभयो  ।

त्यस्तै  आयोजक संस्था दरौंखोला सामीप्य समाजका अध्यक्ष सोभित खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रमुख आतिथ्यता  अर्जुुनचौपारी गा.पा. प्रमुख प्रकास तिवारीको रहेको थियो  ।

प्रा.डा. कृष्ण कोइरालाको संयोजन र  धन वहादुर अधिकारीको सह- संयोजक रहेको कार्यक्रममा   अर्जुनचौपारी गा.पा. का प्रमुख प्रशासकिय अधिकृत उज्जल वहादुर बस्नेतको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा अर्जुनचौपारी- १ का वडा अध्यक्ष  रन वहादुरथापा, दरौखोला सामीप्य समाजका संरक्षकहरु- धनश्याम रिजाल, रामेश्वर अर्याल लगायतले मन्तव्य राख्नु भएको थियो  । 


त्यस्तै गरी कार्यक्रममा  स्वागत मन्तव्य दरौंखोला सामीप्य समाजका उपाध्यक्ष बोधराज गौतमले राख्नुभएको थियो  भने कार्यक्रमको संचालन सचिव डोलराज अर्यालले गर्नुभएको थियो । 

संयोजकप्रा.डा. कोइरालाका अनुसार विभिन्न ८ विभागहरु- मेडिकल, नाककान घाटी, स्त्रीतथा प्रसुती, छाला, बाल रोग, हाडजोर्नी, आँखा, मुखतथादन्त रोग सम्वन्धि १५४३ जना सेवाग्राहीहरुले स्वास्थ्यजाँच गराउनु भएको थियो ।

मोतीविन्दु भएका अति विपन्न परिवारका विरामीहरुलाई शल्यक्रिया गर्नु परेमा एसोसियसन अन्नपूर्ण नेपालको सहयोगमा हिमालयन आँखा अस्पताल पोखरामा निःशुल्क शल्यक्रिया गर्न बन्दोबस्त मिलाइने जानकारी सामीप्य समाज पोखराका बैदेशिक विभागप्रमुख समेत रहेका  एसोसियसन अन्नपुर्णका  अध्यक्ष एवम् सह-संयोजक धन अधिकारीले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom